We can serve community schools to improve quality of education....
2073 सालको एस एल सीमा कोही पनि फेल भएनन् । नेपाललाई १००% सफलता हाँसिल भयो । कोइपनि फेल नभएको । हामी मख्ख भएका छौँ । परीक्षा नियन्त्रण कार्यालयले एसएलसीको मार्कसिटमा विषयगत अंक दिने छैन । परीक्षामा नियमितर्फ ४ लाख ३७ हजार ३२६ सहभागी भएका थिए । उनीहरु मध्ये ४ लाख २५ हजार ५८२ कक्षा ११ अध्ययन गर्न योग्य अर्थात ‘पास’ भएका छन् । यो भनेको १.६ वा सो भन्दा माथि ग्रेड प्वाइन्ट एभरेज (जीपीए) ल्याएका विद्यार्थीहरुको संख्या हो । कत्ति पनि शैक्षिक क्षति नभएको रुपमा पनि यसलाई लिन सकिन्छ । तर,
२०७२ सालमा जम्मा ४७.४३ प्रतिशत विद्यार्थिले पास मार्क (३२%) अंक प्राप्त गरेका थिए भने अहिले ३०% र सो भन्दा माथि अंक प्राप्त गर्न् विद्यार्थिको संख्या ८४.३५५% रहेको छ । यसै पनि २०७२ सालमा पनि ३% अंक ग्रेस दिने ब्यवस्था थियो । के नेपाली विद्यार्थिहरु यति धेरै प्रगति गरे की एक बर्ष मै थप ३७% भन्दा बढी विद्यार्थिले ३०% भन्दा बढी अंक प्राप्त गरे ? तपाइ विश्वास गर्नु हुन्छ?
यसले लेटर ग्रेडीङ प्रणालीको गुणको विशेषता वा हाम्रो हावादारी ब्यबाहार, वा नेपालीले एक बर्ष मै गरेको असिमित प्रगतिको प्रतिविम्वन गर्दछ । आज मात्र बाग्लुङ जिल्लाको अंग्रेजी शिक्षकले मलाई प्रश्न गर्नु भयो, मेरो विद्यालयमा प्रथम श्रेणि ल्याउलान की भन्ने सोच गरिएका विद्यार्थिहरुले ३.६ भन्दा बढी ग्रेड प्वइन्ट प्राप्त गरी A प्लस ग्रेडीङ प्राप्त गरे । के मेरा विद्यार्थि साँच्चिकै यति धेरै प्रगति गरे होलान त?
यस नतिजाका सकारात्मक पक्ष हरु पनि देखिएका छन् । लेटर ग्रेडिङ् सिस्टमको कमाल के हो भने, कसैलाई पनि फेल नबनाइने अर्थात, एक दुइ विषयमा जुन ग्रेड आएपनि ग्रेडिङ दिइने हुनाले यति धेरै विद्यार्थीको १.६ अर्थात् ३०% भन्दा बढी अङ्क आउन सफल भएको हुनु पर्दछ । यसो भए त ग्रेडिङ सिस्टम ले कमाल नै गरिदिएछ, विना प्रयास शिक्षाको रिजल्टमा यत्रो सुधार । पोहोर सालको सिस्टम राम्रो हो कि यस सालको भनी तुलना गर्न २-४ बर्षको उच्च शिक्षाको शैक्षिक तथ्याङ्क र यसको असर हेर्नु नै पर्दछ तथापी यस बर्ष एस एल सी को कारण आत्महत्या गर्न भने नपर्ने भयो ।
र
२०७३ सालको यस एस एल सी को तथ्याङ्क अनुसार खिचिएको रेखाचित्र यस अनुसार रहेको छः
अधिकतम २३।८ प्रतिशत विद्यार्थिले Grade point 2.0 मात्र प्रप्त गरेका छन् जुन प्रतिशतमा ब्यक्त गर्दा ४०% देखि ५०% प्राप्ताङ्क हो । त्यसैले यो परिणालाई सकारात्मक रुपमा हेरीनु पर्दछ ।
पाठ्यक्रम विकास केन्द्रका अनुसार ग्रेडको विवरण निम्न अनुसार रहेको छः
रिजल्ट हेर्न निम्न लिखित वेभसाइटहरु उपयोग गर्न सकिनेः