foto1
Minister and Secretary of Ministry of Education were present in First launching of NASA result
foto1
Presenting National Assessment Results in Regional Seminar....
foto1
Ms Ambika Sharma is interpretating sign language in educational program
foto1
Meeting with Finnish Delegates, talk was about quality education and assessment
foto1
A training seminar participation, facilitator - Dr. Jari Metsamuurenon, Finland
foto1
A amazing dance by Deaf students
foto1
A seminar attended at Thailand.
foto1
Friends are looking presentation of Dr. Bhojraj Kafle.
foto1
Dr. Jari, Finnish consltant
foto1
School Performance Audit in Loksewa HSS, Nawalparasi...
Learning never ends. New technologies and knowledges should be learnt and shared. Impressed from connectivism, we are here to share ideas together, learn together. The aim of this website is to share ideas in teaching and learning, articles and reports of educational assessments, personal and institutional who are interested to host...Read More...

Education Today

"Committed to Excellence in Education"

 

We can serve community schools to improve quality of education....

Shyam Prasad Acharya

"सामूदायिक विद्यालयको शिक्षाको गुणस्तर हामी सबैले भनेजस्तो अति खतम भयो भन्ने तर्क सही नभएको तथ्याङ्कले देखाउँछ । तर न्यून र अतिन्यून वर्गमा जम्मा ३९ प्रतिशत प्रतिकृया रहेको हुनाले असन्तुष्टीको मात्र उल्लेख्य रहेछ छ ।"

 

पृष्ठभूमी

नेपालमा शिक्षाको सुधारका लागि धेरै प्रयासहरु भए । आधार स्कुलहरुमा सुरु गरिएको व्यवसायिक शिक्षा (2004 BS),  वि.सं. २०२८ मा शिक्षामा गरिएको ब्यापक परिवर्तन र नयाँ शिक्षाको सुरुवात, विभिन्न शिक्षाका उच्चस्तरीय आयोगहरु (2011, 2018, 2028-32, 2049, 2055, 2058 BS), विभिन्न आयोजना र परियोजनाहरु (Seti project 1985, PEP, BPEP I, BPEP II 1997-2002 , EFA 2001-2015, MDG 2001-15, SSRP 2009-15, SSDP 2016) सबैको एउटा महत्वपूर्ण उद्देश्य हो शिक्षामा गुणस्तर र सान्दर्भिकता कायम गर्ने । विद्यालय तहको शिक्षाको गुणस्तर कायम गर्नका लागि शिक्षक शिक्षा कार्यक्रम, माध्यमिक शिक्षा कार्यक्रम पनि उत्तिकै महत्वपूर्ण मानिन्छन् । चाहे त्यो समुदायमा विद्यालय हस्तान्तरण होस् वा बालमैत्री विद्यालयको अवधारणा, अथवा, समावेशी र समाहित शिक्षा तथा विशेष शिक्षा कार्यक्रमहरु । शिक्षामा सबै नेपाली बालबालिकाहरुको पहुँच वृद्धि होस्, सबैले गुणस्तरीय शिक्षा समान स्तरमा प्राप्त गरुन् भनेर नेपालको संविधान २०७२ ले धारा ३१ मा निःशुल्क र अनिवार्य प्राथमिक शिक्षालाई मौलिक

हकको रुपमा स्थापित गर्न खोज्यो । हामीले विभिन्न अन्तराष्ट्रीय फोरमहरुमा शिक्षामा गुणस्तर वृद्धी गर्दछौ, शिक्षा पाउनु पर्ने बालबालिकाको हकलाई सुनिश्चित गर्दछौँ भनि प्रतिवद्धता पनि जनाइसकेका छौँ । यसैको लागि शिक्षाको बजेट १७ प्रतिशतसम्म पुर्यायौँ । तर आम नेपाली अभिभावक तथा शिक्षा प्रेमी नागरिकहरुमा सामुदायिक विद्यालयहरुले दिएको शिक्षा गुणस्तरीय भएन भनी असन्तुष्टिहरु पोखिएको पाएका छौँ ।

विद्यालय क्षेत्रसुधार योजना र कार्यक्रमले विकास साझेदारहरुसँग समेत उनीहरुको लागानीको प्रतिफल सकारात्मक हुनेछ, सो प्रतिफलको गुणस्तर मापन गर्न विद्यार्थीको राष्ट्रीय उपलब्धि परीक्षण गर्ने छौँ भनी परीक्षणलाई उच्च महत्वका साथ अगाडी बढाइ शैक्षिक गुणस्तर परीक्षण केन्द्रको स्थापना गरी यसैभित्र विद्यार्थिको राष्ट्रीय उपलब्धि परीक्षण एकाइ पनि स्थापना गर्यौँ । सो अध्ययनले कक्षा ३, ५ र ८ को शिक्षाको निश्चित विषयहरुमा गरेको परीक्षको नतिजा चार पटक बाहिर ल्याइ सकेको छ । ती नतिजाहरुले शिक्षाको गुणस्तर बढेको छैन बरु झन कमजोर हुँदै गएको छ भन्ने देखाएका छन् ।

हामी किन शिक्षाको नतिजा बढाउन सकिरहेका छैनौ भन्ने कुराले हामी नेपालीलाई घच्घचाइ रहेको छ । तर, सरकारको लगानी नै नभएका निजी विद्यालयहरुको शिक्षाबाट अभिभावकहरु सन्तुस्ट नै देखिएका छन् । एकातिर ती विद्यालयहरुमा अंग्रेजी शिक्षा दिइएको छ भने अर्को तिर उच्च उपलब्धि पनि हाँसिल भै रहेको कुरा एस. एल. सी. को नतिजा र उपलब्धि परीक्षणका नतिजाहरुले देखाएका छन् ।

शिक्षाको गुणस्तर सामुदायिक र संस्थागत विद्यालयहरुमा कस्तो छ, शिक्षाको गुणस्तर सुधार नहुनुमा को जिम्मेबार छ भनी सो सँग जोडिएका विविध पक्षहरु समावेश गरी सरोकारवालाहरुको विचार संकलन गरिएको थियो । जम्मा ११२ जना सहभागीहरुले आफ्नो विचार ब्यक्त गरेका थिए ।

परीक्षणमा सहभागीहरु

विभिन्न सरोकारवालाहरुले दिएको सुझावको तथ्याङ्कलाई विश्लेषण गर्दा निम्नअनुसारका ब्यक्तिहरुको सहभागिता देखिएको छ जुन चित्र १ मा प्रस्तुत गरिएको छः

चित्र १. सर्भेक्षणमा सहभागीहरुको पेशाका आधारमा विवरण

Google Survey report figure 1

तथ्याङ्क विश्लेषण

संकलित तथ्याङ्कलाई गुगल सर्भे फारमका सहायताले अटोमेटिक जेनेरेट हुने चार्टको सहायताले र विवरणात्मक विधिबाट विश्लेक्षण गरिएको छ ।

नतिजा

सहभागिहरुलाई विभिन्न १२ ‌ओटा प्रश्नहरु गरिएको थियो । ११ ‌ओटा प्रश्नहरु ४ पोइन्ट बहुबैकल्पिक र ५ पोइन्ट लिकार्ट रेटिङ् स्केलहरु सोधिएको थियो । एउटा प्रश्न खुला राखिएको थियो । तो प्रश्नहरुको नतिजा यसभन्दा तल क्रमश राखिएको छः

प्रश्न १: तपाइलाई सामुदायिक विद्यालयहरुमा शिक्षाको गुणस्तर कस्तो लाग्छ?

सहभागिहरुको उत्तरको वारम्बारताका आधारमा गुगलले नै तयार गरेको चार्ट निम्नअनुसार रहेको छः

चित्र २. सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर

Google Survey report figure 2

चित्र २ का आधारमा, सरोकारवालाहरु सामुदायिक विद्यालयको शिक्षाको गुणस्तरलाई निकै राम्रो भन्ने शुन्य प्रतिशत रहेको छ भने अति न्यून भन्ने १६.२ प्रतिशत रहेको छ । समग्रमा शिक्षाको गुणस्तर मध्यम भन्नेहरु ५२.४ प्रतिशत छन् । केवल ७.६ प्रतिशत सरोकारवालाहरु सामुदायकि विद्यालयको शिक्षाको गुणस्तरबाट सन्तुस्ट रहेको देखिन्छ । मध्यम स्तरको गुणस्तर देख्ने सरोकारवाला नै अत्यधिक रहेको छ ।

निस्कर्षमा, सामूदायिक विद्यालयको शिक्षाको गुणस्तर हामी सबैले भनेजस्तो अति खतम भयो भन्ने तर्क सही नभएको तथ्याङ्कले देखाउँछ । तर न्यून र अतिन्यून वर्गमा जम्मा ३९ प्रतिशत प्रतिकृया रहेको हुनाले असन्तुष्टीको मात्र उल्लेख्य रहेछ भन्ने कुरा प्रष्ट हुन्छ ।

यस पछिका १० शिर्षकको नतिजा क्रमशः प्रत्येक दिन प्रकाशित हुँदै जानेछ ……….

शनिवार, अक्टोबर 01, 2016

About me

  

download

  Click Here

 

Gallery

   photogallery