गणित विषयको माध्यमिकको नतिजा किन कमजोर

September 21, 2022

शिक्षक सेवा आयोगले गणित विषयमा लिएको २०७९ को परीक्षामा माग सङ्ख्या भन्दा निकै न्यून शिक्षकहरू सफल हुनुका केही कारणहरू छन्ः

१. वस्तुगत परीक्षाबाट screening गर्दा गणितको विषयवस्तुमा अब्बल भएका शिक्षकहरु, अनुभवी र विद्यालयमा निकै मेहनत गरेका शिक्षकहरू वस्तुगत प्रश्नहरूको कठिनाइका कारण वस्तुगत परीक्षाबाटै बाहिरिनु । विएससी, विए गरेका विद्यार्थीहरूलाई वस्तुगत प्रश्नले राम्रोसँग समेट्न नसक्नु ।

२. अध्ययनको अधिकांश समय वस्तुगत परीक्षामा खर्चिनु परेकाले विषयगत परीक्षाको तयारी गर्ने पर्याप्त समय शिक्षकका लागि उपलब्ध नहुनु ।

३. विषयगत परीक्षामा सोधिएका केही प्रश्नहरू अपेक्षित कठिनाइ भन्दा more demanding हुनु ।

४‍. शिक्षण विधि खण्डमा विधि भन्दा विषयवस्तु नै बढी सोधिनु

५. विश्वविद्यालयको शिक्षण सिकाइको गुणस्तर अपेक्षा गरिएको भन्दा धेरै न्यून गुणस्तरको हुनु

६. विश्वविद्यालयमा शिक्षण सिकाइ कमजोर हुनुका अलावा परीक्षा प्रणाली कमजोर हुनु । नपढे पनि पास भइन्छ भन्ने सोच र नपढी पास हुने (गलत अभ्यासबाट) गरिएको हुन सक्ने ।

७. विश्वविद्यालयमा शिक्षा सङ्कायमा भर्ना हुनका लागि कमजोर ग्रेड लिएका विद्यार्थीहरु भर्ना हुने अवसर र प्रचलन ।

८. समग्रमा शिक्षा शास्त्र संकायमा राम्रा विद्यार्थीको आकर्षण कम हुनु ।