शिक्षकको पेशागत विकास भनेको के हो ? पेशागत विकासका तरिकाहरु उल्लेख गर्दै नेपालमा शिक्षकको पेशागत विकासका लागि भएको नीतिगत व्यवस्था उल्लेख गर्नुहोस् ।
उत्तरः शिक्षकको पेशागत विकास भन्नाले शिक्षकहरुको शिक्षणको सिद्धान्त, दर्शन, विधि र प्रकृयामा नविनता ल्याइ शिक्षकलाई २१ औ शताव्दिका लागि चुस्त दुरुस्त राख्ने प्रकृया हो । शिक्षको पेशागत विकासले शिक्षकलाई नविन प्रयोग र विधिमा तयार गर्दछ । विद्यार्थीलाई विश्वसामू प्रतिस्प्रधि बनाउन सहयोग गर्दछ ।शिक्षको शिक्षण पेशामा निखार ल्याउने प्रयास गर्दछ । शिक्षकलाई सक्षम र तोकिएका ८ प्रकारका सक्षमता विकासमा सहयोग पुर्याउँछ ।
शिक्षकको पेशागत विकासका दुइ मोडेल वा विधिहरु प्रयोग गरिन्छः
- स्वअध्ययनः शिक्षक स्वयंलाई स्वअध्ययनका लागि उत्प्रेरित गर्ने । स्वअध्ययनका लागि सूचना तथा संचार माध्यमको प्रयोग, शैक्षिक भ्रमण, शिक्षक समूह र संजालबाट सिकाइ गर्ने ।पुस्तकालयबाट अध्ययन गर्ने ।
- संस्थागत क्षमता विकासः नीतिका माध्यमबाट संस्थागत तालिम, सेमिना, गोष्ठी, सभा आदिको माध्यमबाट पेशागत विकास गर्ने ।पेशागत विकासका लागि विद्यालयले यस्ता कार्यक्रमहरूमा शिक्षकलाइ खटाउन सक्दछ ।
यी मोडेलहरूलाई विभिन्न देश र स्थानअनुसार विविध रुपमा ब्यक्त भएको पाइन्छ । जस्तैः
- कार्यशाला
- कोचङ र मेन्टरिङ
- शिक्षक सञ्जालको प्रयोग
- कार्यमुलक अनुसन्धान
- लेसन स्टडि (Japan model)
- अनलाइन र ब्लेन्डेड तालिम
- साथीको कक्षा अवलोकन र पृष्ठपोषण
- स्वप्रतिविम्बन मोडेलः शिक्षक आँफे विभिन्न शिक्षण सिकाइका विषयमा लेख र दैनिकी लेख्ने, समूहमा छलफल गर्ने, शिक्षण विधिमा आँफै परिवर्तन गरी नतिजा हेर्ने ।
- सभा सम्मेलनमा सहभागी भै प्रस्तुती गर्ने र सुन्ने ।
- सहकार्यात्मक सिकाइ र शिक्षण पाठ योजना
- सेवाकालिन तालिमका अवसर
नीतिगत व्यवस्था
नेपालमा शिक्षकको पेशागत विकासका लागि हाल एक महिने तालिमको ब्यवस्था गरिएको छ । जसमा दुइ पटक गरेर जम्मा ३० दिनको पेशागत विकास तालिम भै रहेको छ जसमा १० दिन प्रत्यक्ष तालिम र ५ दिन विद्यायमा तालिमकको प्रयोग र अनुसन्धान गरी शिक्षण र अनुसन्धान प्रतिवेदन समेत पेश गर्नुपर्ने व्यवस्था छ ।
शिक्षकको पेशागत विकासबा शिक्षकको शिक्षण गर्ने सीप र विधिमा सुधार हुन्छ । कक्षा व्यवस्थापन र निदानात्मक शिक्षणमा सहयोग पुग्दछ । individualized शिक्षण गर्ने सीपको विकास हुन्छ र पाठ्यक्रमका सिकाय उपलब्धिहरू विद्यार्थीलाई हाँसिल गराउन महत्वपूर्ण सावित हुनेछन् ।